काठमाडौं - हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ का एकदुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशहरुका एक(दुई स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।