आज १०० दिने उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०८१-०७-०७ ०७:५७ मा प्रकाशित
Total Shares: 117
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको एक सय दिने उपलब्धि सार्वजनिक गर्ने भएका छन् ।
बुधबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट साढे २ बजे आफू नेतृत्वको सरकारको १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सो क्रममा ओलीले १०० दिनको अवधिमा भएका प्रगति विवरणको फेहरिस्त प्रस्तुत गनेछन् ।
ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस