गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना संक्रमण, आकस्मिकबाहेक सबै सेवा बन्द
खबर एक्सप्रेस
२०७७-०३-२३ ०१:३१ मा प्रकाशित
Total Shares: 270
काठमाडौं - बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अस्पताल स्रोतका अनुसार मंगलबार उनीहरुमा संक्रमण पुष्टि भएको हो । यसबारे थप जानकारी स्वास्थ्य मन्त्रालयले दिने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
यससँगै अस्पतालको आकस्मिकबाहेक सबै सेवा अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको छ । थप सतर्कताका लागि आकस्मिकबाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस