टेलिभिजन अभिनेता सिद्धार्थ शुक्लाको निधन
खबर एक्सप्रेस
२०७८-०५-१७ १२:२८ मा प्रकाशित
Total Shares: 327
काठमाडौं ,एजेन्सी - टेलिभिजन अभिनेता तथा ‘बीग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको निधन भएको छ ।
४० बर्षको उमेरमा बिहिबार हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ । उनको शरीरको पोस्टमार्टमको तयारी भैरहेको बताइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनले बुधबार राति सुत्नुअघि केहि औषधि खाएर सुतेका थिए । राति नै उनलाई हृदयघात भएको बताइएको छ । उनको शरिरमा बाहिरी चोटपटक लागेको छैन ।
फेसबुक पेज Like गर्नुहोस