काठमाडौं - नेपाल प्रहरीदेखि नेपाली सेनासम्मको ठेक्कापट्टामा हालीमुहाली गर्दै आएका विचौलिया दीपक भट्ट पक्राउ परेका छन् । 

आफ्नै गाडीमा हिडिरहेका बेला काठमाडौंको गैह्रिधारबाट उनी पक्राउ परेका हुन् । 

भट्टलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । 

उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको थियो। 

सम्पत्ति शुद्धीकरण विभागले उनलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेपछि विभागले भट्टको राहदानी रोक्का गरिसकेको छ।