नेपालमा थप ६५९ जनामा कोरोना पुष्टि, ७ को मृत्यु
खबर एक्सप्रेस
२०७७-०९-१३ ०४:०७ मा प्रकाशित
Total Shares: 493
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ६५९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५० हजार ५८१ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८३१ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ४२७ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस