काठमाडौं, एजेन्सी - अमिताभ बच्चन तथा इमरान हासमी स्टारर फिल्म ‘चेहरे’को ट्रेलर सार्वजनिक भएको छ । 

रुमी जाफरीको निर्देशनमा बनेको यस फिल्ममा अमिताभ बच्चन इमरान हासमीलाई एक खेल खेल्नका लागि आग्रह गर्छन् । 

सुरुमा इमरान खेलका लागि तयार भएपनि पछि खेलबाट उनी भाग्न चाहन्छन् । सस्पेन्स र थ्रिलर जनरामा फिल्म निर्माण भएको ट्रेलरबाट प्रस्ट हुन्छ । फिल्म ९ अप्रिलमा रिलिज हुनेछ ।