सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल
खबर एक्सप्रेस
२०८१-०२-०४ १२:१६ मा प्रकाशित
Total Shares: 150
काठमाडौं - सत्तारूढ दलका तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको छ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेबीच छलफल जारी छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताहरूबीच आधा घण्टा छलफल भएको हो।
छलफल पछि ओली र लामिछाने संसद भवन पुगेका छन्।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको छ । यसमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने उसको माग छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस