काठमाडौं - नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्न सन्दीप शनिबार पाकिस्तान प्रस्थान गरेका छन् । उनी कतारको दोहा हुँदै कराँची पुग्ने छन् । 

यसअघि सन्दीप पिएसएल ड्राफ्टमा सर्वाधिक महँगो प्लाटिनम क्याटगोरीमा परेका थिए । ड्राफ्टमा सन्दीपसहित नेपालबाट पूर्वकप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कप्तान ज्ञानेन्द्र मल्ल, करण केसी, कुशल मल्ल, पारस खड्का, अभिनाष बोहोरा, पवन सरार्फ, सुवास खकुरेल र आसिफ शेख पनि सहभागी थिए ।  तर, अनसोल्ड भएका थिए ।

त्यसपछि टिमका स्पिनर राशिद खान अन्तर्राष्ट्रिय ड्युटीमा अफगानिस्तान जानु परेपछि लाहोरले सन्दीपलाई भित्र्याएको हो । शुकबार मात्र सन्दीपको सम्झौता पक्का भएको थियो ।