ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, चार जना घाइते
खबर एक्सप्रेस
२०७८-०९-२० ११:२५ मा प्रकाशित
Total Shares: 195
काठमाडौं,कपिलवस्तु - कपिलवस्तुको बुद्धभूमि नगरपालिका– ३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । लु ४ त २४०२ नम्बरको ट्याक्टर मंगलबार बिहान ७ बजे दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा स्थानीय ४८ वर्षिया शिवकुमारी थारू र १६ वर्षिया फुलकुमारी थारू रहेकी इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू घाइते भएका र बलरामको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । बालुवा लिनको लागि मजदुर लिएर बुद्धभूमि ४ बुड्ढी जाने क्रममा सडकदेखि करिब ५ मिटर तल खसेर दुर्घटना भएको हो ।
फेसबुक पेज Like गर्नुहोस