काठमाडौं-नव नियुक्त बन तथा वातावरणमन्त्री डा. बिरेन्द्र महतोले सुरुवाती दिनबाट राम्रो कामको थालनी गरेका  छन् । बुधबार पदबहाली गरेका मन्त्री महतो बिहिवार काठमाडौको कुलेश्वरको एक अनौपचारिक कार्यक्रममा पुगेका मन्त्रीले आफ्नो निजी सवारी साधन प्रयोग गरेका थिए । 

 देशमा काठ कुहिने र विदेशबाट काठ आयात हुने, जडिबुटी कुहिने तर संकलन भै निर्यात नहुने परम्परा तोड्ने प्रयासमा मन्त्री लागि परेका  छन् ।   उनको यो कदम देशको आर्थिक विकास र समृद्धिको लागि महत्त्वपूर्ण कदम हो । जडिबुटी संकलनमा निजी  क्षेत्रको संलग्नता  जरुरी रहेको र निर्यातमा सफलता मिल्ने धारणा मन्त्री महतोको छ ।

झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारी साधनहरुलाई सार्वजनिक विदाको दिन चलाउन सवारी पास आवश्यक पर्दैन, झण्डावाल मन्त्रीको गाडीलाई झन कतै रोकटोक नभएपनी मन्त्री महतो भन्छन्, नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ  म जिम्मेवारीमा रहेसम्म इमान्दारिताका साथ काम गर्ने  र व्यक्तिगत कामका लागि कतै जानु पर्दा होस वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्छु । आकस्मिक अवस्थामा बाहेक साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने काम नगर्ने  समेत बताए ।  मन्त्री महतो विगतका दिनमा पनि कतै विवादमा नपरेका व्यक्ति हुन ।  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको क्याबिनेटका मन्त्रीहरु मध्ये महतो ऊर्जाशिल , देश र जनताको लागि केहि गर्ने हुटहुटी बोकेका मन्त्री हुन ।

No description available.

No description available.

No description available.

No description available.