काठमाडौं, एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इनिडयन प्रिमियर लिग (आईपीएल)मा आज राजस्थान रोयर्ल्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार दुबई अन्तराष्ट्रिय रंगशालामा ७:४५ बजे हुनेछ ।

अंक तालिकाको छैटौं स्थानमा रहेको राजस्थानलाई सातौं स्थानमा रहेको हैदरावादले चुनौती दिन लागेको हो । राजस्थान आजको खेलमा जित निकाल्दै प्ले अफमा पुग्ने सम्भावना जिवित्तै राख्न चाहन्छ । हैदरावाद पनि उही उद्देश्यका साथ मैदानमा उत्रिदैँछ ।

राजस्थानमा स्टेभ स्मिथको कप्तानीमा सञ्जु सामसन, जोस बटलर, बेन स्टोक्सलगायतका खेलाडी छन् ।

हैदरावाद डेविड वार्नरको कप्तानीमा केन विलियन्स, जोन वेरिस्ट्रो, राशिद खानलगायतका अनुभव खेलाडीका साथ मैदान उत्रिदैँछ ।

'हेड टु हेड'को आँकंडा हेर्दा दुवै टिममा समान्तार देखिएको छ । यी दुई टोलीबीच भएका १२ खेलमध्ये ६ मा हैदरावाद र ६ मा राजस्थान विजयी भएका छन् ।