स्पेनिस ला लिगा: रियलको पुनरागमन जित, एट्लेटिको रोकियो
काठमाडौं,एजेन्सी - स्पेनिस ला लिगामा रियल मड्रिडले पुनरागमन जित निकालेको छ । गएराति भएको खेलमा रियलले इल्चेलाई २-१ले पराजित गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६३औं मिनेटमा डानी काल्भोले हेडरमार्फत गोल गर्दै इल्चेलाई अग्रता दिलाए । त्यसपछि खेलको ७३औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २-१को पुनरागमन जित दिलाए ।
जितसँगै रियल २७ खेलमा ५७ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ । पराजित इल्चे २४ अंक जोडेर १७ औं स्थानमा छ ।
यस्तै, अर्को खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । गेटाफेसँग गोलरहित बराबरीमा रोकिँदै एट्लेटिकोले अंक बाँडेको हो । एट्लेटिकोले २७ खेलमा ६३ अंक जोडेको छ । गेटाफे २८ अंक जोडेर १५ औं स्थानमा छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस