त्रिविको जग्गा छानबिन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्छौं : शिक्षामन्त्री भट्टराई
खबर एक्सप्रेस
२०८१-०९-०३ ०९:२२ मा प्रकाशित
Total Shares: 90
काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको जग्गा विवाद समाधान गर्न गठित छानबिन समितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने बताएकी छन्।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शिक्षा मन्त्री भट्टराईले यस्तो बताएकी हुन ।
उनले प्रतिवेदनलाई कार्यान्वयन गर्न प्रधानमन्त्रीले समेत निर्देशन दिइसकेको जानकारी दिइन्।
उनले शिक्षा मन्त्रालय कार्यान्वयनको प्रक्रियामा अघि बढ्ने बताइन्। उनले प्रतिवेदनका आधारमा आवश्यक परे जग्गा विवाद समाधान गर्न थप अध्ययन र छानबिन गर्न सकिने स्पष्ट पारिन ।

.gif)




फेसबुक पेज Like गर्नुहोस