निर्देशक अनुराग र अभिनेत्री तापसी पन्नुको घरमा छापा
खबर एक्सप्रेस
२०७७-११-१९ ०३:०८ मा प्रकाशित
Total Shares: 625
काठमाडौं,एजेन्सी - बलिउड निर्देशक अनुराग कश्यप, अभिनेत्री तापसी पन्नु र मधु मनटेनाको घरमा आयकर विभागले छापा मारेको छ ।
मधु मनटेनाको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी क्वानको कार्यालयमा पनि आयकर विभागका अधिकारी पुगेका छन् । यो छापामारी फ्यान्टम फिल्मको कर छलीको विषयमा जाँचको क्रममा भएको बताइएको छ ।
आयकर विभाग सूत्रका अनुसार कर छलीको विषयमा फ्यान्टम फिल्मसँग सम्बन्धित व्यक्तिहरुमाथि आयकर विभागको छापामारी भएको हो । यसमा अनुराग कश्यप, तापसी पन्नु, विकास बहलसहितका सेलिब्रेटी छन् ।
आयकर विभागको टिमले मुम्बइ, पुणे लगायत २० स्थानमा एकसाथ छापा मारेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस