आज नेप्से ७१.०६ अंकले घट्यो
खबर एक्सप्रेस
२०७८-०३-०७ ०४:१८ मा प्रकाशित
Total Shares: 254
काठमाडौं - आज सोमबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च गिरावट आएको छ । आज नेप्से ७१.०६ अंकले घटेर २ हजार ८३४ दशमलब ४१ विन्दुमा आइपुगेको छ ।
आज २२७ कम्पनीको शेयर कारोबार हुँदा नेप्सेमा ११ अर्ब ६१ करोड ९० लाख बराबरको कारोबार भएको छ ।
आज नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । तर, पोखरा फाइनान्स र युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आह्वान गरेसँगै बजार घट्नेक्रम जारी छ ।
फेसबुक पेज Like गर्नुहोस