काठमाडौं - पोल्यान्डकी कारोलिना बिओलेस्का ७० औं मिस वर्ल्ड बनेकी छन् । पोर्टोरिकोमा बिहीबार सम्पन्न भएको मिस वर्ल्डको अन्तिम प्रतिष्पर्धामा अमेरिकाकी श्री सैनी फर्स्ट रनर अप भइन् भने आइभोरी कोस्टकी ओलिभिया यास सेकेन्ड रनर अप बनिन् ।

नयाँ मिस वर्ल्ड कारोलिना अहिले व्यवस्थापनमा स्नातकोत्तर अध्ययन गरिरहेकी छन् । टिभेसनल स्पिकर बन्ने उनको सपना छ । नेपालबाट मिस वर्ल्डमा सहभागी भएकी नम्रता श्रेष्ठ टप १२ मा पर्न नसकेपछि बाहिरिएकी थिइन् ।