काठमाडौं, एजेन्सी - प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा युनाइटेडले लिड्स युनाइटेड माथि ६–२ गोलको सहज जित निकाल्न सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन स्कोट एमसीटोमिनेले र ब्रुनो फर्नान्डेजले दुई–दुई गोल गरे । त्यस्तै भिक्टोर लिल्डेलोफ र डेनियल जेम्सले एक–एक गोल गरे । यता, लिड्सका लागि लिमा कोपेर र इस्टुर्ट डालासले एक–एक गोल फर्काए ।

जितसँगै युनाइटेडले आफूलाई अंक तालिकाको शीर्ष तीनमा उभ्याउन सफल भएको छ । लिगमा १३ खेल खेलेको युनाइटेड २६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । लिगको उपाधि जित्ने लक्ष्य लिएको युनाइटेडले सहज जित निकाल्न सफल भएको हो ।

यता पराजित १७ अंक सहित तालिकाको १४ औं स्थानमा रहेको छ ।