नेपाल एयरलाइन्समा तालाबन्दी
खबर एक्सप्रेस
२०७८-०३-२२ ०५:०६ मा प्रकाशित
Total Shares: 712
काठमाडौं - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् । नेपाल वायु सेवा निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् ।
निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस