काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकारसँग कांग्रेस सन्तुष्ट रहेको भन्दै कटाक्ष गरेका छन् ।

मेलमिलाप दिवसको अवसरमा कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

सत्तासँग सन्तुष्ट कांग्रेसको तलाउमा ढुंगा हान्ने आफ्नो मनसाय नभएको उनले बताए ।

अध्यक्ष ओलीले भने ,‘अहिलेको भूमिकासँग सन्तुष्ट रहेको कांग्रेसको तलाउमा ढुंगो फालेर तरंग ल्याउन चाहन्नँ । सत्ताको अमनचयनमा खलल पुर्‍याउन चाहँदिनँ।’

उनले आफूलाई महामन्त्री विश्वकर्मा शर्माले मेलमिलाप दिवसमा आउनासाथ भाटे कारबाही गरेको भन्दै व्यंग्य गरे।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायत सहभागी छन् ।