चिनियाँ राजदूतद्वारा एमाले अध्यक्ष ओलीसँग भेटवार्ता
खबर एक्सप्रेस
२०७९-१०-०४ ०८:३९ मा प्रकाशित
Total Shares: 180
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सङबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न राजदूत चेन ओलीनिवास बालकोट पुगेका थिए ।
भेटवार्ताका क्रममा नेपाल र चीनबीच कायम सम्बन्ध र द्विपक्षीय हितबारे छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।
नेपालमा सरकार परिवर्तन भएपछि काठमाडौँ आएका राजदूत चेनले पछिल्लो समय राजनीतिक भेटवार्तालाई तीव्र पार्दै लगेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस