काठमाडौं - प्रहरीले पशुपतिको आर्यघाटबाट शव बरामद गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिकाका ५० वर्षिय कृष्णा नेपालीको शवसहित उनका ३० वर्षिय छोरा सन्तोष नेपालीलाई पक्राउ गरेको छ ।

बाबुछोराको झगडापछि बाबुको मृत्यु भएको आशंकामा प्रहरीले शव बरामद गरेको हो ।

गोदावरी नगरपालिका वडा नं ९ मा बस्ने बाबु-छोराबीच गत बिहिबार झगडा भएको थियो । गाउँलेका अनुसार झगडामा बाबु घाइते भएको थिए । घाइते बाबुलाई पाटन अस्पतालमा उपचारका लागि लैजाने तयारी थियो । तर, सन्तोषका दाई सेनामा कार्यरत रहेकोले छाउनीमा लगियो । तर, अस्पतालले मृत घोषित गर्यो ।

शव दाह संस्कारका लागि परिवारले पशुपति लगेपछि गाउँलेले प्रहरीले खबर गरिदिए । गाउँलेको सूचना अनुसार प्रहरीले शव बरामद गरेर अनुसन्धान गरिरहेको छ ।

'अहिले शव पोष्टमार्टमको लागि पाटन अस्पताल लगिएको छ' प्रहरी स्रोतले भन्यो, 'सन्तोषलाई थप अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट अनुमति लिइसकेका छौँ ।'