काठमाडौं,एजेन्सी - इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा जित हात पारेको छ ।

गएराति भएको खेलमा चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई १-०ले पराजित गरेको हो । चेल्सीको जितमा फ्रान्सेली फरवार्ड ओलीभर जिरुडले सानदार गोल गरे । खेलको ६८ औं मिनेटमा उनले  ‘ओभर हेड किक’ गोल गरेका हुन् । 

चेल्सी र एट्लेटिकोबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ । चेल्सीलाई अब घरेलु मैदानमा बराबरी गरे क्वाटरफाइनल पुग्न पर्याप्त हुन्छ । एट्लेटिकोलाई भने दोस्रो लेगमा पुनरागमन जित निकाल्नु पर्नेछ ।