राष्ट्रियसभामा सुकुम्वासी मुद्दा : दीर्घकालीन समाधान खोज्न सरकारलाई सांसदहरूको आग्रह
खबर एक्सप्रेस
५३ मिनेट अगाडि
Total Shares: 35
काठमाडौं - राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्वासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद मनरुपा शर्माले काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्वासीका बालबच्चा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन माग गरिन् ।
सांसद रेणु चन्दले सुकुम्वासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइन् । उनले सुकुम्वासी राखिएका होल्डिङ सेन्टरमा शुद्ध खानपानको प्रबन्ध गर्न माग गरिन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस