युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज रोनाल्डो भर्सेस मेस्सी
काठमाडौं,एजेन्सी - युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज मंगलबार समूह चरणका अन्तिम खेल सुरु हुँदैछ ।
समूह चरणको अन्तिम खेल बाँकी छँदै केही टिमले अघिल्लो चरणमा स्थान बनाइसकेका छन् भने केहि टिम निर्णायक खेलको प्रतिक्षामा छन् । यस्तै, यो चरणको खेलले समूह विजेता र उपविजेता पनि टुंगो लगाउँदैछ।
यसअन्तर्गत आज विश्व फुटबलमा वर्तमान समयका दुई चर्चित र उत्कृष्ट फुटबलर पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सी आमुनेसामुने हुँदैछन् ।
आजको खेलमा मेस्सी प्रेरित बार्सिलोना र रोनाल्डो सम्मिलित युभेन्टसबीच भिडन्त हुन लागेको हो ।
२०१८ मा रोनाल्डो स्पेनिस क्लब रियल मड्रिड छोडेर युभेन्टस पुगेसँगै विश्वभरिका फुटबल समर्थकले उनीहरुबीचको खेल हेर्न पाएका थिएनन्। जुन प्रतिक्षा आज भंग हुँदैछ ।
यो सिजनको च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्स एउटै समूह 'जी' मा परेपछि पहिलो लेगमा दुई खेलाडी आमनेसमाने हुने विश्वास गरिएको थियो।
तर, कोरोना भाइरसको संक्रमण भएपछि रोनाल्डोले खेल्न सकेनन्। सो खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २-० गोलले पराजित गरेको थियो।
आज रातिको खेलमा मेस्सी र रोनाल्डोले एक अर्काबीच प्रतिस्पर्धा गर्दैछन्। गएको एक दशकभन्दा लामो समय उनीहरुले नै विश्व फुटबलमा राज गरेका छन्। उनीहरुमध्ये को राम्रो भन्ने प्रश्नको उत्तर खोज्न फुटबल पण्डितहरुलाई पनि गाह्रो पर्छ।
रोनाल्डो र मेसी बीचको अन्तिम भिडन्त ६ मे २०१८ मा भएको थियो । उक्त खेल २-२ को बराबरीमा सकिएको थियो । सो खेलमा मेसी र रोनाल्डो दुवैले गोल गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस