सनराइज बैंकले आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्ने
काठमाडौं - सनराइज बैँक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आकर्षक ब्याजदरमा कर्जा प्रवाह गर्नेदेखि लिएर सरल तथा सहज किस्ताबन्दीमा घर निर्माण घर तथा जग्गा खरिद र सेयरको धितोमा कर्जा दिने व्यवस्था गरेको छ ।
बैँकले सिमित अवधिको लागि ल्याइएको यस योजनाबाट लाभ लिन सम्बन्धित सबै पक्षहरुबाट अपेक्षा गरेको छ । ग्राहकहरुले देशका १३४ स्थानमा रहेको सनराइज बैँकको शाखा कार्यलयहरुबाट यो सुविधा उपभोग गर्न सक्नेछन् ।
सनराइज घरकर्जा अन्तर्गत सेवाग्राहीले ४० वर्षसम्मको अवधिको लागी ८.९५५ ब्याजदरमा घरजग्गा कर्जा लिन पाउनेछन् । बैँकले सेयर धितो कर्जामा ९.९५५ ब्याजदरमा कर्जा प्रवाह गर्ने जनाइएको छ ।
कोभिड १९ ले अर्थव्यवस्थामा पारिरहेको असहज परिस्थितीका बाबजुद पनि कर्जा सुविधालाई सहजीकरण गर्ने उद्देश्यले बैँकले यो योजना ल्याएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस