काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.  भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । प्रकाशित समाचार अनुसार उपकुलपतिका लागि  कोइरालाको नाम पहिलो स्थानमा छ भने डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सिंगापुरमा उपचार गर्न जानुअघि डा। कोइरालालाई त्रिविको उपकुलपति बन्न प्रस्ताव गरेको समाचारहरु सार्वजनिक भएका थिए ।

उपकुलपतिका लागि सिफारिस नामावलीको दोस्रो नम्बरमा रहेका डा। बास्कोटाले नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट हालै अवकास पाएका थिए । त्यस्तै, तेस्रो नम्बरमा सिफारिस भएका डा। पौडेल त्रिविका पूर्वरजिष्ट्रार हुन् ।

तर, हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा।डा। सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन ।