टोटेनहम काराबाओ कपको फाइनलमा
खबर एक्सप्रेस
२०७७-०९-२२ ०९:२६ मा प्रकाशित
Total Shares: 685
काठमाडौं,एजेन्सी - टोटेनहम काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा च्याम्पियनसिप क्लब ब्रेन्टफोर्डमाथि २-० ले पराजित गर्दै टोटेनहम फाइनल पुगेको हो ।
खेलको १२ औं मिनेटमा मौसा सिसोकोले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ७०औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २–० को सहज जित दिलाए । खेलको ८४ औं मिनेटमा जोसुवाले रातो कार्ड पाएपछि ब्रेन्टफोर्ड १० खेलाडीमा समेटिएको थियो ।
अब टोटेनहमले उपाधिका लागि म्यानचेस्टर ‘डर्वी’ अर्थात म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीचको विजेतासँग खेल्नेछ । म्यानचेस्टर ‘डर्वी’बीचको भिडन्त बुधबार राति हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस