काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।

प्रदेश सभाको विशेष अधिवेशनमा सोमबार मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो।


Image