कांग्रेस संसदीय दलको बैठक आज पनि
खबर एक्सप्रेस
२०८१-१०-१४ ०८:२४ मा प्रकाशित
Total Shares: 333
काठमाडौं - नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ । आइतबार दिउँसोबाट सुरु भएको बैठक आज पनि संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।
बैठकमा संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि छलफल हुने छ।
यसअघि केपी ओली नेतृत्वको सरकारले जारी गरेको अध्यादेशका बारेमा एकजुट र एकीकृत धारणा बनाएर प्रतिरक्षा गर्ने निर्णय गरेको कांग्रेसले संसदमा पेस भएका विधेयक तीव्रताका साथ पारित गर्ने लगायतका विषयमा छलफल गरिरहेको छ ।
बैठकमा सांसदहरूले बोल्ने क्रम शुरु हुनेछ । सांसदहरुले उठाएका प्रश्नहरुको मन्त्री र नेताहरूले जवाफ दिनेछन् ।
आगामी माघ १८ गतेदेखि संघीय संसद्को अधिवेशन सुरु हुँदै छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस