काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिगमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् । गएराति भएको खेलमा एभर्टन र टोटेनहमले २-२ गोलको बराबरी  खेल्दै अंक बाडेका हुन् । 

खेलको २७औं मिनेटमा ह्यारी केनको गोलबाट टोटेनहमले अग्रता लिएको थियो । ३१औं मिनेटमा गिल्फी सिगुर्डसनले पेनाल्टीमार्फत गोल गर्दै एभर्टनलाई खेलमा फर्काए । त्यसपछि ६२औं मिनेटमा गिल्फी सिगुर्डसनले व्यक्तिगत दोस्रो गोल गर्दै एभर्टनलाई २–१ को अग्रता दिलाए तर, खेलको ६८ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई हारबाट जोगाए ।

बराबरीसँगै सातौ स्थानमा रहेको टोटेनहमले ३२ खेलबाट ५० अंक जोडेको छ भने एक खेल कम खेलेको एभर्टन ४९ अंक जोडेर आठौं स्थानमा छ ।