पोखरामा सहकारीपीडितले देखाए प्रधानमन्त्रीलाई कालो झण्डा
खबर एक्सप्रेस
२०८१-०२-२३ ०१:३५ मा प्रकाशित
Total Shares: 133
पोखरा - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सहकारीपीडितले पोखरामा कालो झण्डा देखाएका छन् ।
नेकपा माओवादी केन्द्र गण्डकीको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई बुधबार सूर्यदर्शन सहकारीपीडितले कालो झण्डा देखाएका हुन् । सभागृह अगाडि प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई कालो झण्डा देखाएपछि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सभागृह क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । सूर्यदर्शन सहकारीपीडितले पोखरामा समय–समयमा प्रदर्शन गर्दै आएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस