एमालेको विधान महाधिवेशन : व्यवस्थापनको जिम्मेवारी बादललाई
खबर एक्सप्रेस
२०७८-०३-१९ ०६:५५ मा प्रकाशित
Total Shares: 341
काठमाडौं - नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले साङ्गठनिक निर्णयहरु गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकले विधान महाधिवेशन साउन २५–२७ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
त्यसका लागि नेताहरूको जिम्मेवारी तोकिएको छ । स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई विधान महाधिवेशन व्यवस्थापन कमिटीको जिम्मा दिइएको छ भने उपमहासचिव विष्णु पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव तयार गर्ने जिम्मा पाएका छन् ।
यता, महाधिवेशनका लागि अध्यक्ष केपी ओलीलाई राजनीति प्रतिवेदन, महासचिव ईश्वर पोखरेललाई साङ्गठनिकको जिम्मेवारी दिइएको छ ।
बैठकले भदौ ५ गते वडा र भदौ १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस