यस्तो छ सोमबारको मौसम पूर्वानुमान
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।
हाल प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेश आंशिक बदली रही बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
जारी सूचनाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र प्रदेश २ को एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै, राती देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस