प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने
खबर एक्सप्रेस
२०८१-१०-१३ ०१:३१ मा प्रकाशित
Total Shares: 597
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्मा सम्बोधन गर्ने भएका छन्।
आगामी माघ १८ गतेका लागि बोलाइएको संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्।
उक्त दिन प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् ।
त्यस्तै, उनले आजै प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकसँग पनि छलफल गर्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस