काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

एनफिल्डमा जोनी इभान्सको आत्मघाती गोलबाट २१ औं मिनेटमा लिभरपुलले अग्रता बनाएको थियो । खेलको ४१ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई ३-० को जित दिलाए । जितसँगै ९ खेलमा २० अंकसहित लिभरपुल लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेष्टर १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।