युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र उज्ज्वल भविष्यका लागि युवाको ऊर्जा, सिर्जनशीलता र सपना प्रमुख आधार भएको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले फूलको मुस्कान कोपिलामा भएझैं राष्ट्रको उज्यालो भविष्य युवाको सिर्जनशील सोच र जोशमा निहित रहेको बताए ।
‘फूलको मुस्कान कोपिलामा भएजस्तै युवाको ऊर्जा, सिर्जनशीलता र सपनामा नै राष्ट्रको भविष्य छ। हाम्रो सकारात्मक सोच, निरन्तरको प्रयास र एकताबद्ध व्यवहारले देशलाई समृद्ध बनाउने सङ्कल्प पूरा हुने छ,’ उनले लेखेका छन् ।
दिवसले युवालाई सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा सशक्त बनाउन प्रेरणा दिने प्रधानमन्त्री ओलीले बताए ।
संयुक्त राष्ट्रसंघले सन् १९९९ मा अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा घोषणा गरेको थियो । पहिलोपटक सन् २००० मा यो दिवस मनाइएको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस