जलहरीबारे संसद्मा सत्यतथ्य जानकारी गराउन सांसद पौडेलको माग
खबर एक्सप्रेस
२०८०-०३-११ १२:२० मा प्रकाशित
Total Shares: 102
काठमाडौं-नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पशुपति मन्दिरको जलहरीका बारेमा सत्यतथ्य जानकारी गराउन संसदबाट माग गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीमा लगाइएको सुन तौलिएको भन्दै त्यसको विवादबारे स्पष्ट जानकारी गराउन माग गरेका हुन्।
“भएको के हो ? आज पशुपति क्षेत्र विकास कोष, नेपाल प्रहरी, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, खानी तथा भूगर्भ विभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुनको खोजी गरेर जोख्दै हुनुहुन्छ भन्ने सुनेका छौँ,” पौडेलले भने ।
उनले कति सुन हराएको र त्यहाँको अहिलेको स्थितिको बारेमा जानकारी गराउन माग गरे।

.gif)



फेसबुक पेज Like गर्नुहोस