नेपालमा कोरोना संक्रमणबाट आज एकैदिन ११ जनाको मृत्यु
काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
शुक्रबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
आज मृत्युपुष्टि हुनेमा मोरङ, पर्सा, बारा, सप्तरी सर्लाही, काठमाडौँ, ललितपुर, चितवन,मकवानपुर, दोलखा र प्युठानका एकएक जना रहेका छन् । जसमा १ महिला र १० जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । जसमा पुरुष १०५ जना र महिला ३२ जना रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। २५० जना संक्रमण मुक्त भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस