पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज – पर्सा जिल्लामा थप ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नौ जना नेपाल प्रहरी, एक जना भारतीय महावाणिज्य दूतावास वीरगञ्जका कर्मचारीसहित ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जसमा मृत्युपश्चात गरिएको पीसीआर परीक्षणमा एक पोजिटिभसहित पर्साका ७१ जना र बारा जिल्लाका तीन जना तथा सर्लाही जिल्लाका एक जना रहेका छन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार ६० जना पुरूष र १५ जना महिलासहित ७५ जना १२ वर्षदेखि ६८ वर्ष उमेर समूहका नयाँ सङ्क्रमित पुष्टि भएको हो ।
शनिबार राति आएको परीक्षण रिपोर्टमा सङ्क्रमित देखिएका ७५ जनामध्ये आठ जना सङ्क्रमितमा ज्वरो र खोकीका लक्षण रहेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस