ओलीको निर्देशन: सभामुख आक्रामक भए चर्को नारा लगाउनू
खबर एक्सप्रेस
२०७८-०५-२७ ०१:१९ मा प्रकाशित
Total Shares: 226
काठमाडौं - नेकपा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई संसद अवरोध जारी राख्न निर्देशन दिएका छन् ।
आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वेल घेर्न र नारा लगाउने काम नै प्रभावकारी हुने हुँदा चर्का नारा लगाउन निर्देशन दिएका छन् ।
‘मर्यादा पालना गरौँ । सभामुख आक्रामक भए चर्को नारा लगाउँदा हुन्छ । नारा लगाउनेभन्दा बाहिर जानुहुँदैन ।’ ओलीको भनाएई उदृत गर्दै एक नेताले भने ।
फेसबुक पेज Like गर्नुहोस