पछिल्लो २४ घन्टामा ७ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ३९० पुग्यो
खबर एक्सप्रेस
२०७७-०६-०२ ०४:२९ मा प्रकाशित
Total Shares: 267
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ७ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या ३९० पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १७ हजार ३८३ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, ७ हजार ७३६ जना क्वारेन्टिनमा रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस