काठमाडौं - चैत १९ गते बिहीबार अर्थात भोलि देखि बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुँदैछ । शैक्षिक क्यालेन्डरअनुसार एसईई परीक्षा चैत पहिलो साता परीक्षा हुनुपर्ने हो । तर २१ फागुनको प्रतिनिधिसभा चुनावका कारण १९ चैतमा धकेलिएको हो । 

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सबै तयारी पूरा भएको छ । बोर्डका अनुसार यो वर्षबाट एसईई परीक्षामा नयाँ नियम पनि लागू भएको छ ।