काठमाडौं - नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरस देखा परेको छ । बेलायतबाट फर्केका तीनजना नेपालीमा बेलायतमा विकसित कोरोना भाइरसको ‘नयाँ भेरिएन्ट’को संक्रमण भएको संकेत देखिएको छ ।

इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाकाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नुमना परीक्षण गर्दा तीन जनामा नयाँ कोरोनाको संक्रमण भएको संकेत देखिएको हो।

तर, नेपालमा भएको प्रविधिले त्यसको निर्क्योल गर्न नसक्ने भएकाले थप परीक्षणका लागि नमुना हङकङ पठाइएको छ । नेपालमा परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएकाको नमुना हङकङ पठाइएको हो ।

बेलायतबाट फर्केका सात जनामा कोरोना पोजिटिभ देखिए पनि एसजिन नेगेटिभ तीन जनामा मात्रै देखिएको छ । उनीहरुको नमुना हङकङ पठाइएको हो ।

बेलायतसँगै भारत, पाकिस्तानलगायतमा समेत देखिएपछि सरकारले बेलायतबाट आउनको निगरानी थालेको छ ।

यो परिवर्तित नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक छ। विज्ञका अनुसार पुरानो कोरोनाले हजार जनामा फैलिन सक्छ भने यो १७ सय व्यक्तिमा सर्न सक्छ।