प्रि–क्वाटरफाइनलमा युभेन्ट्स पोर्टोसँग स्तब्ध
काठमाडौं,एजेन्सी - युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा इटालियन च्याम्पियन युभेन्ट्स पराजित भएको छ । गएराति भएको पहिलो लेगको खेलमा युभेन्ट्स पोर्चुगिज च्याम्पियन एफसी पोर्टोसँग २–१ ले स्तब्ध बनेको हो ।
घरेलु मैदानमा खेलको दोस्रो मिनेटमा नै मेहेदी तारेमीले गोल गर्दै पोर्टोलाई सुरुवाती अग्रता दिलाएका थिए । ४६ औं मिनेटमा मोउसा मेरेगाले गोल गर्दै पोर्टोको अग्रता दोब्बर पारे । ८२ औं मिनेटमा युभेन्ट्सका फेड्रिको चिइसाले गोल गरेपनि सान्तवनामै सीमित बन्यो । खेल पोर्टोले २-१ले जित्यो ।
युभेन्ट्सको घरेलु मैदानमा हुने दोस्रो लेग मार्च १० मा हुनेछ । क्वाटरफाइनलमा पुग्न सो खेलमा युभेन्ट्सलाई १-० को जित निकाल्नुपर्नेहुन्छ । बराबरीमा रोकिएमा भने पोर्टो अघिल्लो चरणमा जानेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस