काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर परेका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदैछ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै रिट दायर भएका छन् ।

उक्त रिटमा प्रारम्भिक सुनुवाइ सुरु हुन लागेको हो । भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनपछि भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो।

प्रधानमन्त्री कार्कीको सिफारिसमा सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।