सिरि ए: युभेन्टसले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दै
खबर एक्सप्रेस
२०७७-०६-०४ ०२:२२ मा प्रकाशित
Total Shares: 342
एजेन्सी - इटालियन लिग 'सिरी ए' फुटबलमा आज चार खेल हुँदैछ ।
आज साविक विजेता युभेन्टसले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयानुसार १२:३० बजे युभेन्टसको मैदानमा हुनेछ । युभेन्टसको यो सिजनको पहिलो खेल हो ।
युभेन्टस आजको खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, डिबालालगायतका खेलाडीलाई मैदानमा उतार्दै सुखद सुरुवात गर्ने तयारीमा छ । यस्तै, आजै हुने अन्यमा खेलमा पर्मा र नापोली, क्रोटोन र जिनोआ, ससुऔलो र काल्गिेरी भिडैछन् ।
शनिबारबाट सुरु भएको लिगमा फ्लोरेन्टिनो विजयी भएको छ भने भेरोना र रोमाले बराबरी खेलेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस