संसद्का गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ओली समूहको संसदीय दलको बैठक सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ११५ जना संघीय सांसद उपस्थित भएको दावी गरिएको छ ।
बैठकमा ओली समूहका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिएका छन् । ओलीले आफूसँग नेकपाका बहुमत सांसद रहेको दाबी गर्दै संसदमा अविश्वास प्रस्ताव दर्ता गरिए त्यसलाई फेस गर्ने पनि बताएका छन् ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेकपा दुई चिरामा विभाजन भएको छ । सर्वोच्च अदालतले फागुन ११गते संसद् पुनस्थापना गर्ने फैसला गरेसँगै २३ गतेका लागि बैठक आह्वान गरिएको छ ।
यस्तै, शुक्रबार विभाजित नेकपाकै प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बसेको थियो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताको रुपमा चयन गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस