काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६७ हजार ८१२ जना स‌ंक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३५ छ । आज कोरोनाबाट थप कसैको मृत्यु भएको छैन।

 नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ९५९ रहेको छ ।