काठमाडौं,चितवन - कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी ती महिलालाई १७ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।